नाइजेरियामाथि कठिन जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । नाइजेरियालाई हराउँदै अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले गरेको भली प्रहारले गोलपोस्टको देब्रे कर्नर चुमेपछि अर्जेन्टिनाका समर्थकमाझ खुसीयाली छायो भने नाइजेरियाका समर्थक स्तब्ध बने ।

यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा क्रोयशियाले आइसल्यान्डलाई २–१ ले हरायो । समुह चरणका सबै खेल जितेको क्रोयशिया यस समुहको विजेता बनेको छ । यसअघि नै दोस्रो चरणको यात्रा पक्का गरिसकेको क्रोयशियाले समुहमा सर्वाधिक ९ अंक प्राप्त गर्यो ।

अर्जेन्टिना समुहको उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गर्यो । उसले १ खेलमा बराबरी, १ पराजय तथा १ जितसँगै ४ अंक जोड्यो । अर्जेन्टिनासँग पराजित भएको नाइजेरिया ३ अंकमा सिमित हुँदै प्रतियोगिताबाट बाहिरियो । आइसल्यान्डले १ अंक मात्रै जोड्यो ।

दोस्रोचरणमा अब क्रोएसियाले डेनमार्क र अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस