न्यादी हाइड्रोले भदौ १ देखि आईपिओ निष्काशन गर्ने

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन हुने छ  ।

त्यस्तै यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० कित्ता शेयर निष्काशन हुने छ  ।

साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर छुट्याईएको  छ ।

न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ  ।

आवेदन दिनको लागि छिटोमा भदौ १५ गतेसम्मको मिति तय भएको छ  ।   शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उपत्यकाका यी स्थानमा ५ दिनसम्म बत्ति जाने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने …

प्रतिकृया दिनुहॊस