काठमाडौं । आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १५ सयले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




