काठमाडौं । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित महिला पक्राउ परिकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ ।
तपाईंको प्रतिकृया




