काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल घोषणा गरेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डको प्रतिफल घोषणा गरिएको हो। दुवै योजनाका इकाइधनीहरुलाई ३०/३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुलाई पनि करसहित ३० प्रतिशतले हुन आउने ३६ करोड र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ३० प्रतिशतले हुन आउने ४५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।
तपाईंको प्रतिकृया




