बिहीबारदेखि क्युआरकोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु

काठमाडौं ।सरकारले बिहीबारदेखि क्युआरकोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरेको छ । रोजगारीमा जाने श्रमिकले माग गर्दै आएको उक्त खोप प्रमाणपत्र लागू भएसँगै खोप प्रमाणीकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।

क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन   फाेरम भरि  मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्ने छ ।

त्यसैगरी अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री