साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि  आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न भएको  छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि लागि निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री