ग्लोबल आइएमई बैंकले थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाण्डौको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २८० पुगेको छ।
तपाईंको प्रतिकृया




