काठमाडाै ।सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज देखि प्राथमिक शेयर (आईपीओ) बिक्री निष्काशनमा ल्याएको छ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्री निष्काशनमा ल्याएको हो।
कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
प्रतिकृया दिनुहॊस