तेह्रथुम पावरको आईपिओ भर्ने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको छ।

आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्री हुने छ।कम्पनीले ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ ।कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ ।आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने कम्पनीले वताएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री