सूचना विभागले प्रेस पासलगायत सेवा अनलाइनबाटै प्रदान गर्ने

काठमाडाैँ । सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्ने भएको छ ।  विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यी सबै सेवा अब अनलाइनबाटै गर्न सकिने जनाएका छन् ।

रेडियो तथा टेलिभिजनको इजाजत जारी तथा नवीकरणलगायत काम यसअघि नै गर्दै आइरहेको भए पनि उल्लेखित सेवा लिने सेवाग्राही ७७ वटै जिल्लामा कार्यरत रहने जनाइएको छ ।

पछिल्लो समय विश्वभर फैलिएको कोभिड १९ महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले अवलम्बन गर्दै आएको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो सहज तथा कागजविहीन रुपमा प्रवाह गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस