कर्णाली नदीमा डुंगा दुर्घटना ३ जना बेपत्ता

कैलाली। कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।

बेपत्ता  हुनेमा  मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै  २० वर्षीया उर्मिला सलामी र उनको १० दिनको छोरा  रहेका छन।

दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य ५  जना सकुशल छन् ।

कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाे डुंगा दुर्घटनामा परेकाे हाे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री