कृषि कर्जालागि नबिल बैंक र डीभी एक्सिलसबीच सहकार्य

काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस  द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, मेसिनरी रसायन, तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय सहयोग  प्रदान गर्न सहकार्य भएको छ ।

उक्त्त  सम्झौतामा  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले  हस्ताक्षर गरेका छन्।

सहकार्यअन्तर्गत खेती एपका माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ।

खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप