आजदेखि मैलुङ खोला जलविद्युतकाे आईपीओ खुला

काठमाडौं ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले  अाजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको  ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गरेकाे छ ।

निष्काशन गरेकाे कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ।

बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री