चार दिन देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा केहि समय मत्थर रहेको मनसुन पुनः सक्रिय भएको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्दै आएका कारण आजदेखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो ।

यस क्रममा आज (सोमबार) सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ ।

बुलेटिनमा भनिएको छ– प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।’ यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ । बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री