काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ५०७ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ९८७ पुगेको छ । त्यस्तै २४ घण्टामा ४१ हजार ३८३ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख पुगेको छ भने अहिले भारतमा ४ लाख ९ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ४ लाख २९ हजार संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ४१ करोड ७८ लाख ५१ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४५ करोड ९ लाख ११ हजार नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख १८ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




