काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीचको छलफल सुरु भएको हो ।
प्रचण्डले यसअघि आजै बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको छ ।
अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन् । आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको यो भेटलाई विशेष अर्थमा हेरिएको छ ।
प्रतिकृया दिनुहॊस