सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल घाईते भइ उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएकोईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



