एनएमबि बैंकसंगको सहकार्यमा शुरु भयो दराजको महाबचत बजार

काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार शुरु हुने वताएकाे छ । साउन ३ गतेदेखि शुरु भएको याे अभियानको मुख्य उदेश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु रहेकाे छ।

अभियान अन्तर्गत सहभागीले ४ हजार रुपैयाँसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, नि:शुल्क डेलिभरी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको बैंकले वताएकाे छ ।

याे अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताले प्री-पेमेन्टमा आकर्षक छुट लिन सक्नेछन् । एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत अर्थात एक हजार ५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत अर्थात २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री