प्रधानमन्त्री देउवालाई गगन थापाले भने- बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्  काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री देउवाले अबदेखि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् ।

यसअघि साउन १ गते प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सरेकै दिन काँग्रेसको पदाधिकारी बैठक राखेका थिए ।

गगन थापाले भनेका छन्- ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यो विश्वासलाई कायम राखिदिनु होला ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री