देउवाले विश्वासको मत लिने प्रस्ताव सचिवालयमा दर्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । आज ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशनमा देउवाको यो प्रस्ताव राखिने भएको छ ।

देउवा सचिवालयका एक अधिकारीका अनुसार त्यसपछि केही समय स्थगन गरेर विश्वासको मत लिनका लागि अर्को बैठक आजै बोलाइँदै छ । विश्वासको मतका लागि देउवाको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखलाई देउवाको प्रस्ताव पठाइसकेको छ ।

आज देउवाले विश्वासको मत पाएको खण्डमा प्रतिनिधिसभाको बाँकी अवधि उनले सरकार चलाउने छन् । उनले विश्वासको मत पाएनन् भने मंसिर र पुसमा गरेर दुई चरणमा मध्यावधि निर्वाचन गरिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप