आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

काठमाडाैँ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीमा बहाब सामान्य रहेको तथा सबैमा सतर्कता तहभन्दा तलै रहेको छ ।

महाकाली, कर्णाली र यिनका सहायक नदीमा भेरी, सेती तथा नारायणी र कोशीका सहायक नदीहरु कालीगण्डकी, मर्स्याङदी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव सामान्य घटबढ हुनेछ ।  तिनाउ, पश्चिम राप्ती, बबई जलाधारका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्ने सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री