नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइयो

काठमाडौँ । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । ३५ वर्षीया  संक्रमित महिला रसुवाकी रहेकी छिन् ।

एन्टीजेन र पिसिआर परीक्षण दुवै गर्दा कोरोना पुष्टि भएकी ती महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहाल र डा. रिमा खड्काको समूहले  महिलाको सफल शल्यक्रिया गरि बच्चा निकालिएको हो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री