सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बुधबार  बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ

बैंकका सीईओ तुलसीराम गौतमले असार २० गते दिएको राजीनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनी सचिवले जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री