११ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब  ७० अर्ब ९४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९७१ अर्ब ४ करोड पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री