काठमाण्डाै ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४५.०६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ४५.०६ अङ्कले बढेर २ हजार ८५४ दशमलव ७६ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६२ अङ्कले घटेर ५३४ दशमलव ८१ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार कुल २२९ कम्पनीका २ करोड ६० लाख२१ हजार १ सय४ कित्ता शेयर ९ अर्ब ९८ करोड
२६ हजार १०४ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




