काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




