हिरासतबाट थुनुवा फरार भएको घटनामा तीन प्रहरी निलम्बित

काठमाडाैँ । इलाका प्रहरी कार्यालय सिरहा लहानको प्रहरी हिरासतबाट एक थुनुवा फरार भएको घटनामा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

शुक्रबार राति हिरासतको ग्रिल तोडेर एक थुनुवा फरार भएका थिए। लागुऔषध कारोबारको आरोपमा फक्राउ परेका सिरहाको नवराजपुर नगरपालिका १ बस्ने पशुपति यादव हिरासतबाटै फरार भएका हुन् ।

सो घटनामा सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार र एक प्रहरी जवानसहित तीन प्रहरीलाई निलम्बन गरिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको बुढाथोकीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री