मेगा बैंकको असार १५ गते बुक क्लोज हुने

काठमाडौं । मेगा बैंकको अगामी असार १५ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर कारोबार बन्द गर्ने भएको हो । बैंकको आगामी ७औँ वार्षिक साधारणसभा असार २९ गते हुँदै छ । सभालेसेयरधनीलाई चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस सेयर दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले पारित गरे पश्चात बैंकले कुल ९९ करोड ८३ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री