नेपाल बैंकको एफपिओमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने, असार १५ देखि निष्काशन

काठमाडाैं । नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई गत शुक्रबार एफपिओ निष्काशनको अनुमति दिएको हो  । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्न लागेको हो  ।

लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘स्काईवर्थ सपना साकार’ को बम्पर उपहार विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ अभियानको बम्पर उपहार …

प्रतिकृया दिनुहॊस