भारतमा कोरोना: २४ घण्टामा ३९ हजार संक्रमित, ७२३ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण हुनेको संख्या घटिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ७२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टामा ३९ हजार ७९६ संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ४ लाख २ हजार ७२८ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ५ लाख ८५ हजार २२९ पुगेको छ भने अहिले भारतमा ४ लाख ८२ हजार ७१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार ३५२ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९७ लाख ४३० संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म ३५ करोड २८ लाख ९२ हजार ४६ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल ४१ करोड ९७ लाख ७७ हजार ४५७ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २२ हजार ५०४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री