काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले वैदेशिक रोजगारमा जान तयार भएका युवाहरुले खोप लगाउन नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । नेतृ डा. संग्रौलाले हजारौ युवाहरु आफ्नो हातमा भिसा भएर पनि खोप नलगाएका कारण वैदेशिक रोजगार जान रोकिएको प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनेकी छन्- ‘ हजारौ युवाहरु आफ्नो हातमा भिसा भएर पनि खोप नलगाएका कारण वैदेशिक रोजगार जान रोकिएका छन् । सिमित रुपमा लगाएका फ्रन्टलाइनर र जेष्ठ नागरिकले प्रथम खोप लगाए पनि दोश्रो खोप अधिकांशले लगाउन नै पाएका छैनन् । म्याद गुज्रेर खोपको उपादेयता समाप्त भैरहेको छ ।’
डा. संग्रौलाले खोपको अभावमा काम गरेर हातमुख जोर्न चाहनेले पनि आफ्नो पसिना बेचेर पनि कामबाट बन्चित हुनु परेको भन्दै देशको श्रम शक्ति खेर गैरहेको बताएकी छन् । उनले देशले सहि अभिभावक नपाउदा युवाहरु समस्यामा परेको भन्दै सरकारको यसतर्फ ध्यानाकर्षण गरेकी छन् ।




