कोरोनाबाट जिसस सदस्य स्याङ्तानको घरमै निधन

काठमाडाैँ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । कोभिड–१९ संक्रमित भई अस्वस्थ भएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजे राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित घरमै उनको निधन भएको हो ।

कोभिड–१९ संक्रमित भएपछि राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहेकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

केही दिनअघि नै कोभिड–१९ संक्रमणमुक्त भए पनि कोभिड–१९ कै कारण निमोनियाबाट गम्भीर रुपमा प्रभावित भएको भनी परिवारका सदस्यले जानकारी दिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । दमसम्बन्धी स्वास्थ्य समस्या भएकाले पनि कोभिड–१९ संक्रमणले स्वास्थ्य अवस्था जटिल भएको बताइएको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिनु भई राक्सिराङ गाउँपालिका–३ बाट वडा सदस्य निर्वाचित भएकी स्याङ्तान जिल्ला समन्वय समिति सदस्य निर्वाचित भएकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस