बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार आजबाट फेरी शुरु

काठमाडौं । पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा शुरु भएको बैंकले जनाएकाे छ । गएकाे शुक्रबार असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा शुरु भएको हो । बैंकले आफ्नो कोर बैंकिङ्ग सिष्टम (सीबीएस) स्तरोन्नती गर्नको लागि गत असार ४ गते दिउँसो ४ बजेदेखि आज (असार ७ गते) सोमबार बिहानसम्म सम्पूर्ण सेवा बन्द गरेको थियो ।

यो अवधिमा बैंकको सबै शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड( क्रेडिट/प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्णरुपमा बन्द थियो । यससँगै आजदेखि सबै सेवाहरु यथावत रुपमा शुरु भएको बैंकले जानकारी वताएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री