एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडाै । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकद्वारा राहत वितरण गरिएको छ । राहत सामग्रीमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त सामग्रीहरु वितरण भएको थियो । अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्दार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे ।

उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्दराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।दविगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९ सय घरधुरीहरु आफ्नाे बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ । चामे गाउँउपालिका का वडा नं. ४ र ५ जोड्ने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री