काठमाडौं । आज पनि देशका धेरैजसो भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
आज कमला, वाग्मती, बबई र यसका सहायक नदीमा पानीको बहाव केही बढ्ने छ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वामानुमान बुलेटिनमा आज कन्काई, पश्चिम राप्तीलगायतमा बहाव सामान्य रहने जनाइएको छ । आज इलाम, झापा, बारा, पर्सा, रौतहट, सर्लाही, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुली, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, कैलाली, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान छ ।
-
हेर्नुहोस् बाढी पूर्वानुमान बुलेटिन :-





