इजरायलले दिएको खोप लिन प्यालेस्टाइनद्वारा अस्वीकार

काठमाडौँ । इजरायलले दिने भनेको १० लाख डोज कोरोनाविरुद्धको खोप लिन प्यालेस्टाइन प्रशासनले अस्वीकार गरेको छ । प्यालेष्टाइन प्रशासनले खोपको एक्सपायरी मिती नजिक भएको कारण देखाउदै खोप नलिने बताएको हो ।

यस अघि इजरायलले १० लाख डोज खोप दिने बताएको थियो । जसअनुसार ९० हजार डोज खोप प्यालेस्टाइनले बुझेपनि सो खोप एक्सपायरीको नजिक रहेको कारण अब थप खोप नलिने जानकारी दिएको हो ।

इजरायलले प्यालेस्टाइनले फाइजरबाट अर्डर गरेको १० लकः डोज खोप आएपछि फिर्ता दिने शर्तमा प्यालेस्टाइनलाई यो खोप दिने सहमति गरेको थियो । तर खोपको एक्सपायरी मिति नजिक भएका कारण अब यो सहमति तोडिएको प्यालेस्टाइन प्रशासनले जानकारी गराएको छ ।

अब प्यालेस्टाइन प्रशासनले फाइजरको खोपको प्रतिक्षा गर्ने बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेसन’ सुविधा

काठमाडौं । फोनपेले मोबाइल फोनहरूमा भ्वाइस नोटिफिकेसन सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले …

प्रतिकृया दिनुहॊस