मेलम्चीको बाढीले हेलम्बुमा ढाल्याे प्रहरी कार्यालय

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ । नदीले धार परिवर्तन गरेपछि शनिबार बिहानीपख भवन ढलेको हो ।

भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढल्यो,’ उनले भने ।

उनका अनुसार केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो । उक्त भवन तीन करोड ४२ लाखको लागतमा निर्माण भइ केही महिनाअघि मात्रै उद्घाटन गरिएको हो ।

बाढीले वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवनसमेत बाढीले बगाएको छ भने सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ। यद्यपी थप मानवीय क्षति भने गरेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस