काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छन्।
इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेका हुन् ।
घर डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
तपाईंको प्रतिकृया



