एनएमबि बैंकको बचतमा बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

काठमाडाै । हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उदेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस