मोरङंमा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

मोरङ। मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

शुक्रबार  बिहान  भारतबाट नेपाल प्रवेश गरेको एउटा वटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए ।

घाईते मियाको उपचारको क्रममा बिहान ८ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको   हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री