काठमाडाैँ । सरकारले चीनबाट ठूलो मात्रामा कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिदको निर्णय गरेको हो । यसको जानकारी बुधबार बसेको कोभिड-१९ निर्देशक समिति बैठकमा प्रधानमन्त्री ओली दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिद प्रक्रिया अगाडि बढाउन बाटो अनुमित दिएको छ । यसअघि भारतबाट मात्रै खोप खरिद गर्ने मनसायमा रहेको सरकारले भारतबाट तत्काल सम्भव नदेखेपछि चीनतर्फ लागेको हो । पहिलो लटमा ४० लाख डोज खरिद गर्ने र यो खोप जुन महिनाभित्रै ल्याउने तयारी सरकारको छ ।
तपाईंको प्रतिकृया




