काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन १ हजार ५ सय र चाँदी ३५ रुपैयाँले घटेको हो ।
प्रति तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




