१५ सयले घट्यो सुनको मूल्य

काठमाडाैँ । नेपाली बजारमा  सुनको मूल्य घटेको छ । शुक्रबार सुन १ हजार ५ सय र चाँदी ३५ रुपैयाँले घटेको हो ।

प्रति तोलामा  १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री