काठमाडौं । कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलालीको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका उनीको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु हो ।
उनमा मिर्गौला, मधुमेह र मुटुको रोग थियो ।
प्रतिकृया दिनुहॊस