कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं ।   कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलालीको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका उनीको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु हो ।

उनमा मिर्गौला, मधुमेह र मुटुको  रोग थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते

काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति …

प्रतिकृया दिनुहॊस