काठमाडौं । फ्रान्स सरकारले पठाएका स्वास्थ्य सामग्री बोकेर विशेष जहाज काठमाडौँ आएको छ ।
नेपाल सरकारले गरेको सहायताको अपिल अनुसार फ्रान्सको सरकारले मास्क, एन्टिजेन किट, भेन्टिलेटर र भाइजरहरु सहयोग गरेको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले उक्त स्वास्थ्य सामग्री त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण त्रिपाठीलाई हस्तान्तरण गरे ।
स्वास्थ्य मन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएका छन् ।
तपाईंको प्रतिकृया




