काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।
यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्।
हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका लागि कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाइन सुविधाको थालनीले बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहजहुने विश्वास गरिएको छ।
अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाका लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाई गराउनुपर्ने हुन्छ।
प्रतिकृया दिनुहॊस