काठमाडाैँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।
उनले आफूसहित ५ जनाको संवैधानिक इजलास बनाएका हुन् । जबराले यस पटक वरिष्ठताका आधारमा न्ययाधीशहरुलाई इजलासमा राखेका छन् । जसमा दीपककुमार कार्की, बमकुमार श्रेष्ठ,आनन्दमोहन भट्टराई र तेज बहादुर केसी रहेका छन् । सांसदहरुले दायर गरेका र अभिवक्ताहरूले दायर गरेका गरी करिब ३० रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

तपाईंको प्रतिकृया



