आजको मौसम: पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशमा चक्रवात यास पश्चिम उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको  न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी, अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ ।

उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केही स्थानमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, पहाडी भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी, अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ ।

उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केही स्थानमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

भोलि जेठ १५ गते शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जेठ १६ गते आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस